गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गायिका पुर्णकला विसीको आवाजमा आयो फेरी दुनिया रुवाउने गीत (भिडियो सहित)

रोशन पोखरेल , काठमान्डाँै

लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्जना गरेका छन । गीतमा सारिका के.सी र शंकर ओलीको मनमोहक अभिनय समेत देख्न सकिन्छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा निमार्ण पक्षले लिएको छ । http://<iframe width=”937″ height=”525″ src=”https://www.youtube.com/embed/ScTfZCewrRk” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Leave a Reply

Your email address will not be published. Required fields are marked *