प्राकृतिक ताजमहलमा छायांकन भएको पहिलो भिडियो मनकि सिम्मा सार्बजनिक (भिडियो सहित )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी /अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको गायक दिनेश राइको आवाजमा रहेको गित मनकी सिम्माको भिडियो सार्बजानिक भएको छ । सार्बजानिक गीतमा प्रस्तुतकर्ता अशोक चाम्लिङ्ग राइकै शब्द रहेको छ भने गीतमा संगीत दिपेन्द्र राइले भरेका छन । मंकी सिम्मा लाइ मनोज मोतेले एरेञ्ज गरेका हुन भने गित पुर्वान्चल रेकर्डीङ्ग स्टुडियो इटहरी मा रेकर्ड गरिएको हो । सार्बजानिक भिडियो लाइ सुवास संकल्पको निर्देशन गरेका हुन भने भिडियो छायांकन पनि सुवासकै रहेको छ ।

गीतको भिडियो लाइ फुलन्देको आमा अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएको छ । त्यस्तै सार्बजानिक म्युजिक भिडियोमा संचार कर्मी द्वय उमेश बान्तावा राइ र कबिता चाम्लिङ्ग राइ लगाएत सृजना मगर,डेजी लिम्बु,दिपक गिरि र अशोक राइ लाइ देख्न सकिन्छ । म्युजिक भिडियो उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया लगायत इटहरीको रमणीय ठाँउमा छायांकन गरिएको छ । साथै प्राकृतिक ताजमहल र प्रणामी मन्दिरमा पहिलो पटक यो म्युजिक भिडियो छायांकन भएको हो ।
हेर्नुस भिडियो :https://www.youtube.com/watch?v=yZiW0sxVmk4

Leave a Reply

Your email address will not be published. Required fields are marked *